फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताद्दय दयाह्याङ राई र आर्यन सिग्देल पक्का भएका छन् । दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने छन् । फिल्मलाई निर्माता हिमाल कडरियाले निर्माण गर्ने छ्न् ।