लामो समय पछी नायिका विपना थापा ठुलो पर्दामा कम्ब्याक गर्दै छिन् । नायिका निता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत उनी अभिनयमा कम्ब्याक गर्न लागेकी हुन् । हाल चितवन र नवलपरासीमा छायांकन भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’को सेटमा थापा जोडिएकी छ्न् । यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।