अभिनेता अनमोल केसी अभिनित फिल्म  ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । यो फिल्ममा अनमोल र उनको जोडीलाई निकै नै मन पराइएको थियो ।उनले यो फिल्ममा अभिनय गरेपछि उनको नेपाली फिल्म उद्योगमा एकाएक चर्चा भएको थियो ।  अदितीले मोडलिङ हुँदै रजतपटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमाा रमाइरहेकी छिन् ।अदिती इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनलाई इन्स्टाग्रामकी क्विन पनी भन्ने गरिन्छ । उनले इस्टाग्राममा आकर्षक तस्वीर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्वीरले उनको बेलाबेलामा भारतीय मिडियामासमेत चर्चा हुन्छ । हालै उनले इन्स्टा एक तस्विर सार्वजनिक गरेकी छन् l तस्विरमा उनी बोल्ड अवतारमा देखिएकी छन् l  दुवइमा रहेकी उनले समुन्द्र तटहमा विकिनी अवतारमा आफुलाई प्रस्तुत गरेकी छिन् ।