फिल्म ‘दुई कदम’को अब विदेश प्रदर्शन थालिने भएको छ ।गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको उदय सुब्बाद्वारा निर्देशित फिल्मको पहिलो विदेश प्रदर्शन हङकङमा हुने भएको हो ।   पुष १५ गते हङकङमा फिल्मको प्रिमियर गर्न लागिएको हो । प्रिमियरमा सहभागी हुन फिल्मका अभिनेता इओन लिम्बु हङकङ जानेछन् ।हङकङमा फिल्मको प्रिमियर गंगा लिम्बुले आयोजना गर्न लागेकी हुन् ।  ।विक्रम डिसीको छायांकन रहेको फिल्ममा इओनसँगै सिमोन गिरी, गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मकी निर्मात्री तारा देवी लिम्बु हुन् ।