फिल्म ‘ह्रस्व दीर्घ’मा  साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् ।उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरेका छन् ।चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचिरहेका छन् ।फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कुल बजेट ७ करोड अनुमान गरिएको छ ।