निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला´ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा निर्माण टिमले फिल्मको मुख्य अभिनेता दयाह्याङ राईलाई प्रस्तुत गरिएको छ । फिल्मको नयाँ वर्ष २०८१ लाई फिल्मलाई प्रदर्शन मिति घोषणा गरिएको छ । बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा फिल्मको छायांकन हुनेछ ।कमेडी जनरामा निर्माण हुने फिल्मको कास्ट एन्ड क्रु भने सार्वजनिक गरिएको छैन ।