फिल्म ‘हल्कारा’ विश्वकै प्रख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ ।विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको फिल्ममा विप्लव प्रतीक र आकाश बरालको सह-लेखन छ ।कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको संयुक्त सहकार्यमा बनेको फिल्ममा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक छ भने ज्योति रानाको प्रोडक्सन साउन्ड छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् । गत वर्ष ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायाँकारको अवार्ड जितेको फिल्मले धेरै फेस्टिभलहरु चहारिसकेको छ ।फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन् । स्वं. दीपक क्षेत्री, रोशनी कार्की, शारदा गिरी, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीको पनि अभिनय रहेको फिल्म हाल युरोप र अमेरिकामा प्रदर्शन भैरहेको छ ।