२५ औं पोखरा सडक महोत्सवको सांगीतिक कार्यक्रमको शुभारम्भ गरिएको छ ।सन्ध्या आरती गर्दै महोत्सवको शुभारम्भ गरिएको हो । उक्त  सन्ध्या आरतीमा विशेषगरी नेपालको सुखशान्तीको कामना गरिनेछ।महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल(रेवान)को आयोजना गरेको हो । महोत्सव जनवरी १ सम्म चल्नेछ। महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बद्री पँगेनी, प्रीति आले, र्‍यापर आशिष राना 'लाउरे', र्‍यापर राजन केसीको साथमा मुक्ति एण्ड रिभाइबल, लक्ष्य, एलिमेन्ट, टुकी लगायतका ब्याण्डहरुको प्रस्तुति रहनेछ। भोली शुक्रबार दिपक बज्राचार्यको समूहले आफ्नो प्रस्तुति दिनेछ। उनीहरुका अलावा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमस्थल प्रवेशका लागि यसपटक आयोजकहरुले खल्ती एपबाट अनलाइन टिकट काट्ने व्यवस्था गरेका छन्।