एक समय थियो कलाकारहरू आफ्नो प्रेमको बारेमा सकेसम्म खुलाउन चहान्दैनन् थिए । सम्बन्धको बारेमा खबर बाहिरिए आफ्नो करियर र क्रेज घट्ने सोचाई राखिन्थ्यो । तर पहिलो समय नेपाली चलचित्रमा युवा पुस्ताको आगमनसँगै सोचाईमा पनि परिवर्तन आइसकेको छ । आफ्नो प्रेमको बारेमा खुलेर नै कुरा गर्ने नायिका–नायकको ठुलो जमात छ । जसमा प्रियंका कार्की –आयुष्मान देशराज, सलोन बस्नेत–करिष्मा श्रेष्ठ, वर्षा राउत–सन्जोग कोइराला आदि छन् । मिडिया र सामाजिक सञ्जालमा खुलेरै प्रेमको सार्वजनिक गरेका मध्य कतिपय कलाकारको प्रेम जीवन भने अधुरै भएको छ । आज हामी चर्चा गर्दछौ चलचित्र क्षेत्रमा चर्चा पाएका असफल जोडीहरुको बारेमा
ऋचा शर्मा – बिनय श्रेष्ठ
कुनै समय अभिनेत्री ऋचा शर्मा र अभिनेता बिनय श्रेष्ठ गहिरो प्रेममा थिए । यी दुईले आफ्नो प्रेमको बारेमा मिडियामा खुलेरै नै सार्वजनिक गरेका थिए । यी दुईले एकसाथ केही चलचित्रमा काम गरिसकेका छन् ।
ऋचा र बिनय मिलेर ‘भिसा गर्ल’ नामक चलचित्र पनि निर्माण गरे । तर चलचित्र सफल हुन नसके पछि उनीहरुबीच विवाद चुलिएको बताइन्छ । त्यही विवाद नै यो जोडीको ब्रेकअपको कारण मानिएको छ । यी दुईको ब्रेकअप २०६९ मा भएको थियो । त्यसपछि ऋचा सिंगल छिन् भने विनयले एनी थापासँग यही वर्ष लगनगाँठो कसिसकेका छन् । ऋचा र बिनय हाल छुटै चलचित्र निर्माण गरिरहेका छन् ।
मलिना जोशी–अनुपबिक्रम शाही
सन् २०११ की मिस नेपाल सुन्दरी मलिना जोशी अभिनेता अनुपबिक्रम शाहीको प्रेममा थिइन् । अनुपबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम सम्बन्ध जोडिएको बताइन्छ । खुलुस्त रूपमा मिडियामा प्रेम स्वीकार नगरेता पनि यी दुई सँगै हिँड्ने र सँगै घुम्ने गरेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा छाइरहेका छन् ।
गत वर्षको अन्त्यमा यी दुईको प्रेम सम्बन्ध टुटेको थियो । अनुपविक्रमले आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेकअप भएको बताउँदैं आएका थिए । यी दुुई अभिनित हालै मात्र ‘रानी’ नामक चलचित्र प्रदर्शनमा आएको थियो । तर चलचित्रले सोचे जस्तो कमाई गर्न सकेन् ।
आयुष्मान देशराज–परमिता राना
‘चपली हाइट २’बाट एकसाथ डेव्यु गरेका नायक–नायिका हुन् आयुष्मान देशराज र परमिता राना । लामो समय देखि प्रेम सम्बन्धमा रहेका यी दुई खुलेर नै मिडियामा आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । युवामाझ राम्रो क्रेज बनाएका आयुष्मान र परमिताले सामजिक सञ्जालमा विभिन्न फोटो, भिडियोहरु समेत पोस्ट गरेका छन् ।
करिब ३ वर्ष भन्दा बढी प्रेममा रहेका यी दुईको सम्बन्ध केही महिना अगाडी टुटेको थियो । यी दुईको प्रेमको बिचमा अभिनेत्री प्रियंका कार्की आएको भन्ने पनि हल्ला नभएको होइन । हाल आयुष्मान अभिनेत्री प्रियंका कार्कीको प्रेममा छन् । यता परमिता गीतसंगीतको साथै करियर बनाउनमा व्यस्त छिन् ।
निता ढुङगाना–आमेश भण्डारी
चलचित्रबृतमा चर्चामा रहेको जोडीमा नायिका निता ढुङगाना र आमेश भण्डारी एक हो । यी दुईले एकसाथ ‘फूलै फुलको मौसम तिमीलाई’मा काम गरे । तर त्यही चलचित्र उनीहरूको लागी प्रेम सम्बन्ध छुट्ने कारक बन्यो ।
विवाद उत्कर्षमा पुगेसँगै उनीहरू एकअर्कासँग छुट्टिएका हुन् । चार वर्ष लामो प्रेम सम्बन्धमा रहेका यी दुई केही समय अघि छुट्टिएका थिए । चाडै विवाह बन्धनमा बाधिने सार्वजनिक घोषणा गरेको यो जोडीको सम्बन्ध विवाहमा परिणत हुन सकेन
नम्रता श्रेष्ठ– रेमन दास
चकलेटी नायिका रूपमा नम्रता श्रेष्ठको चर्चा हुन्छ । अब्बल अभिनयको साथै सुन्दरी नायिकामा पर्ने नम्रताको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन ।
डिजे तान्त्रिककाण्डले उनको पहिलो प्रेम टुंगिएको बताइन्छ । काठमाडौँकी रैथाने नम्रता शालिन र भद्र नायिकाका रूपमा पनि चिन्छिन् । प्रेम सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठिक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो ।
पछिल्लो समय नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आरोप समेत लाग्ने गरेको छ । अहिले नम्रता र दावा स्टीभन शेर्पा रोमान्स गरिरहेका छन् ।
सुष्मा कार्की – सुदर्शन थापा
एकसमय अभिनेत्री सुष्मा कार्की र निर्देशक सुदर्शन थापा बिचको प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो । सुदर्शनले निर्देशन गरेका केही चलचित्रमा सुष्मा मुख्य भूमिका छिन् । सिनेबृतमा यी दुवै सँगै बस्ने गरेका चर्चा नभएको होइन तर सुदर्शनले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । हाल चलचित्र गसिप बजारमा सुदर्शन थापा र अर्की नायिका पूजा शर्मा बिचको प्रेम सम्बन्ध रहेको खबर आइरहन्छ । तर दुवैले आफूहरू साथीमात्र रहेको बताउँदै आएका छन् ।