निर्माता राजाराम बुढाथोकी यतीबेला आफ्नो फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को प्रचार प्रसारमा तिव्रताका साथ अघी बढेका छन् । सो  फिल्म माघे सङ्क्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । नयाँ अनुहारलाई उनले यस् फिल्ममा डेब्यु गराएका छन् । नयाँ अनुहार हुन् किरण श्रेष्ठ र रक्षा बुढाथोकी । सम्भावना बोकेका कलकारहरु देखेका कारण नै उनले अवसर दिएका बताएका छन् । उनले नयाँ प्रतिभालाई अवसर दिनु मेकरको दायित्व रहेको समेत बताए । पहिलो फिल्म भए पनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन् ।साथै,उनले उनले निर्देशक दिपक श्रेष्ठलाई राम्रो फिल्म बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको पनि बताए । विशुद्ध प्रेम कथा र  अहिलेका पुस्ताको प्रेम, विछोड तर बेदनालाई फिल्ममा  देखाईएको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।सिक्किम , नेपालको काठमाडौँ, ललितपुर, कालिन्चोक लगायतका रमणीय दृश्य छायांकन समावेश गर्दै फिल्म बनेको छ ।