धरानका मेयर हर्क साम्पाङ नेपाली फिल्म ‘पर्खि बसें तिमीलाई’ को प्रचारमा सहभागी भएका छन् । मेयर साम्पाङले फिल्म ‘पर्खि बसें तिमीलाई’का निर्देशक दीपक श्रेष्ठलाई भेट गर्दै फिल्मको सफलताको शुभकामना दिएका छ्न् । फिल्मको एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । मेयर साम्पाङले फिल्मको टिमलाई बधाई दिँदै सबैले नेपाली फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिन पनि आग्रह गरेका छन् ।फिल्म पौषको २७ गतेबाट रिलिज हुँदैछ ।