फिल्म 'रक्तबीज'को निर्माण घोषणा गरिएको छ । निर्माता संजय न्यौपानेको फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्मका  निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।फिल्म डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने फिल्मलाई सौरभ लामाले खिच्नेछन् । फिल्मको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ । फिल्मका लेखक प्रदिप भार्द्वाज हुन् । यो फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ ।