फिल्म ‘दिमाग खराब’ले हलमा प्रदर्शनको ५१औं दिने दुर्लभ रेकर्ड बनाएको छ । गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार न्यूरोडमा अवस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । सोही हलमा शनिबार दिउँसो फिल्मको टिमले केक काटेर सफलताको खुसी साटेको छ भने निर्देशक निश्चल बस्नेतले सिक्वेल निर्माणको समेत घोषणा गरेका छन् । उनले कार्यक्रममा भने- ‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ । ‘दिमाग खराब’को सिक्वेल आउँछ । २०८३ सालको दशैंमा सिक्वेल आउँछ । प्रदर्शनको ५१औं दिनसम्ममा फिल्मले घरेलू बजारमा १० करोड हाराहारी कमाई गरेको जनाइएको छ । यतिबेला अष्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ ।