अभिनेता प्रदीप खड्का पनि रेस्टुरेन्ट ब्यवसायमा लागेका छ्न्। अंग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौंस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन् । नयाँ वर्षलाई लक्षित गरेर रेस्टुरेन्टले फ्रि–वेलकम ड्रिङ्क्स तथा लाइभ म्युजिकको व्यवस्था गरेको छ भने विभिन्न परिकारहरुमा विशेष छुट समेत राखिएको छ । उक्त रेस्टुरेन्ट नीलसरस्वती मार्गमा छ ।