फिल्म ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको फिल्म चैत ३० मा रिलिज गरिने भएको हो । फिडेल देवकोटा फिल्मका निर्देशक हुन् । फिडेलकै लेखन रहेको फिल्ममा  सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्मका  शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मले  भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर सिनेमाको अवार्ड जिताएको थियो । सिनेमाले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल फिल्म महोत्सवमा पनि बेस्ट डेब्यु फिचर सिनेमाको अवार्ड जितेको हो ।