फिल्म ‘पर्खी बसें तिमीलाई’ डेब्यु अभिनेत्री रक्षा बुढाथोकीलाई काठमाडौँको नैकापस्थित उनले अध्यन गरेको स्कुल ब्राइट फ्युचर स्कुलमा स्वागत गरिएको छ । फिल्म प्रमोसनको लागी स्कुल पुगेकी उनलाई भब्य स्वागत गरिएको हो । स्कुलका प्रधानाध्यापक मोहन कार्कीले अभिनेत्री बुढाथोकीको बाल्यकाललाई स्मरण गर्दै उनको प्रतिभाको तारिफ गरे । अभिनेता किरण श्रेष्ठ र रक्षाले फिल्मको चर्चित गीत ‘कालो चस्मा' मा नृत्य गरेका थिए । फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । दिपक श्रेष्ठको निर्देशन रहेको फिल्ममा किरण र रक्षाको अलावा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म यहेर पुस २७ बाट रिलिजमा आउँदै छ ।