'नाइ नभनु ल ४’ बाट चर्चामा आएको जोडी पल शाह र आँचल शर्माको ‘जानी नजानी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विकास सुवेदीको निर्देशन रहेको उक्त भिडियोको गीतमा उदयराज पौडेलको सङ्गीत,राजेश लामाको स्वर र किशोर घिमिरेको शब्द रहेको छ । अनिल के मानन्धरको छायाङ्कनमा रहेको गीतको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।