फिल्म  ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ बाट अभिनेता सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सौरभ चौधरीको निर्देशन रहेको फिल्मलाई फागुन १८ लाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको हो । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।फिल्ममा मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, विजय बराल र रविन्द्र झाको पनि अभिनय छ ।