फिल्म ‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द रचना रहेको छ ।गीतमा डेब्यु अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् ।  ।दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्मको निर्माता राजाराम बुढाथोकी हुन् । 

 

 

फिल्ममा,कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म पुष २७बाट रिलिजमा आउँदै छ  ।