फिल्म ‘रिमै’मा अभिनेता सौगात मल्ल देखिने भएको छन्।  फिल्मलाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् ।गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मसको प्रस्तुति रहेको फिल्ममा वीरबल घलेको पनि अभिनय रहनेछ । ‘जारी’ निर्देशक तथा कवि उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्ममा निर्देशक गुरुङ्ग र अभिनेता घले स्वयंको कथा तथा संवाद छ । आगामी फागुन महिनाबाट छायांकन सुरु हुन लागेको फिल्मको यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको निर्देशक गुरुङ्गले बताएका छन् ।फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग (युके), जित यात्री गुरुङ्ग (नर्वे) र सचि कुमारी घले छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग र विजय लामा सह-निर्माता हुन् । फिल्ममा अभिनेता दयाह्याङ राई  र रिश्मा पनि रहेका छ्न्