बबिना भटराईको स्वर र सङ्गीत रहेको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् ।
भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । बबिनाले अधुनिक , तिज गीत संगै भजनहरुमा स्वर र संगीत दिदै आएकी छन् ।‘नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । स्टुडियो भर्सनको भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो ।