फिल्म ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई र अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको पनि अभिनय छ । ग्याङस्टार कथामा बनेको फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता रहेको ‘रङ्गेली’का एशोसियट निर्माता विवेक खड्का (योलो) हुन् ।सुशन प्रजापतिको छायांकन रहेको फिल्म आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।