प्रदर्शन हुन साता दिन बाँकी रहेको चलचित्र ‘फाटेको जुत्ता’ले प्रमोसनको नयाँ तरिका अपनाएको छ । चलचित्र निर्माण टिमले दर्शकको लागी नयाँ जुत्ता उपहार दिने अवसर ल्याएको हो । तपाईका कुनै जुत्ता फाटेका छन् भने कात्तिक ११ गते यानिकी भोली (शनिबार) पुरानो जुत्ता लगाएर जानुस् र नयाँ ‘गोल्डस्टार’ जुत्ता लगाएर फर्किन सक्नु हुनेछ । चलचित्रको नाम अनुसार निर्माण पक्षले यो स्किम ल्याएको हो । अझ नयाँ जुत्ताकोसँगै चलचित्रका कलाकारहरुसंग पनि भेट्ने अवसर रहेको निर्माण पक्षले जनाएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘फाटेको जुत्तामा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।