फिल्म ‘गाउँ नै रमाइलो’मा पुनः अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीच सहकार्य हुने भएको छ । पछिल्लो समय हिट जोडीको नाम पाएका मिरुना र दयालाई निर्देशक दिनेश राउतले फिल्ममा जोडाएका हुन् । निर्माण टिमले फिल्ममा बुद्धि तामाङलाई पनि अनुबन्धित गरेको छ ।क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म गाउँघरको कथामा निर्माण हुने शीर्षकले नै प्रष्ट पारेको छ ।निर्माता हिमाल कडरियाको निर्माण रहने फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा आर्यन सिग्देल पनि मुख्य भुमिकामा अनुबन्धित छ्न् ।