निर्देशक दीपक श्रेष्ठले नया कलाकारलाई अवसर दिदा पनि प्रोत्साहान नदिएकोमा आपति जनाएका छ्न् । फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नयाँ कलाकारलाई ल्याउदा प्रोत्साहान नगरेको भन्दै उनले आपत्ति जनाएका हुन्  । उनले नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति गुनासो गरे । ‘मैले अधिकाँस फिल्ममा कुनै नकुनै रुपमा नयाँलाई अगाडि ल्याएको छु, अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ ।तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रैछ’, निर्देशक श्रेष्ठले भने । उनले फिल्म हलदेखि मिडियासम्मको सहयोग नपाएकोमा गुनासो गरेका हुन् ।‘नयाँ कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? म फिल्मकर्मी भएकाले नयाँलाई अवसर दिए तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, निर्देशक श्रेष्ठले प्रश्न गरे । उनले नयाँलाई अवसर नदिएको वा नपाएको गुनासो धेरै सुनिने भएता प्रोत्साहन दिनेको निकै कमि रहेको भन्दै गुनासो गरे ।यस् फिल्ममा उनले नयाँ कलाकारलाई चान्स दिएका छन् । किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा फिल्ममा छिन् ।रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन फिल्ममा रहेको छ  ।