बिनोद पौडेलको निर्देशन रहने फिल्म  फिल्म ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्नले मुख्य भूमिका निवार्ह गर्ने भएका छन् ।  अमेरिकाको प्रतिष्ठित अनलाइन पत्रिका भेराइटीले डर्नको प्रवेश भएको उल्लेख गरेको हो।ब्रिटिश एकेडेमी सिनेमा अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी सिनेमा तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन् ।फिल्ममा शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा बडाई, राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको सह-निर्माण रहनेछ ।अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्ममा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्ध भैसकेका छन् ।