फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को अग्रिम बुकिङ खुलेको छ । उपत्यकामा रहेको दुई मल्टिप्लेक्स एफक्युब र बिएसआरले बुकिङ खुल्ला गरेर टिकेट विक्री सुरु गरेको छ ।दर्शकले एफक्युब र बिएसआरमा टिकट खरिद गर्न सक्ने निर्माण टिमले जनाएको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।पुश २७बाट रिलिजमा आउन लागेको फिल्मलाई फिपक श्रेष्ठले निर्देशन गरेका हुन् ।