गायक प्रमोद खरेल र रोजिना बस्नेतको `तिम्रो साथ बिना´ बोल रहेको गीत सार्वजनिक भएको छ l संगीतकार अर्जुन पोखरेलको शब्द संगीत, अभिनास पासवानको एरेन्ज ,नरेश बिबिसिको मिक्स मास्टरिङ्ग रहेको गीतलाई रोशन बिश्वकर्माले कोरियोग्राफी गरेका हुन ।

यस गीतमा बुद्द थापाको छायांकन रहेको छ भने अर्जुन तिवारीले निर्देशन गरेका छन । दिपा सिटौलाको निर्माण रहेको गीतलाई प्रमोद खरेल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।