फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ को  छायांकन सुरु गरिएको छ । रामबबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ को दोश्रो सेड्युलको छायांकन गरिएको हो भने उपेन्द्र सुब्बा निर्देशित `मनसरा´ को ललितपुरको नख्खुबाट सुरु गरिएको हो । दुवै फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको छ  । `डिग्री माइला´ मा दयाहाङसँगै नायिका आँचल शर्मा, कलाकार विजय बराल लगायतको अभिनय छ । यो फिल्मको प्रदर्शन मिति चैत्र ३० गतेलाई तय गरिएको छ ।‘डिग्री माइला’को छायांकन सकेपछि दयाहाङ ‘मनसरा’को सेटमा जोडिनेछन् ।