अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा दुई कलाकार जोडिएका छन् । अभिनेता राजबल्लभ कोईराला र आना शर्मा । आगामी वर्षको जेठदेखि छायांकन सुरु गर्न लागिएको फिल्ममा दुईजना अभिनेत्री रहनेछन् । अर्को अभिनेत्रीमा निर्माण टिमले स्वस्तिमा खड्कालाई प्रस्ताव राखेको जनाइएको छ । उनीअर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको फिल्मलाई राजन भुषालले निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । सन् २०२५ मा रिलिजको तयारी गरिएको फिल्मलाई ‘पण्डित बाजेको लौरी’ निर्माता थमन कुमार भण्डारीले निर्माण गर्नेछन् ।