फिल्म ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । नविन सुब्बा निर्देशित फिल्म यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ ।फिल्ममा महेश राई र नविन सुब्बा स्वयंको पटकथा लेखन छ । फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा रहेका छन्