आजबाट रिलिजमा आएको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ दर्शकले अत्याधिक रुचाएका छ्न् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमले दर्शकबाट सकारात्मक प्रतिकृया पाएका हुन् । फिल्म हेरेर निस्किदै गर्दा अधिकाँस दर्शकका आँखा रसाएका थिए ।
प्राय दर्शकले फिल्मको सिक्वेलको माग पनि गरेका थिय । दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा नव कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकी मुख्य भुमिकामा छन् । फिल्म टिमले माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् । डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन फिल्ममा रहेको छ ।