नेपाल आइडलको छिनो फानो लागेको पनि निकै समय भइसकेको थियो । पहिलो नेपाल आइडलको बिजेता बने बुद्ध लामा । बुद्धले नगत र अन्य पुरस्कार सहित महिन्द्राको गाडी पनि पाएका थिए तर लामो समय पछीसम्म पनि उनलाई उक्त गाडी प्रदान गरिएको थिएन । लामो समय भइसक्दा पनि गाडी प्रदान नगरिएको कारण यसले आम दर्शक माझ निकै खैलाबैली भएको थियो जसको चौतर्फी बिरोध पनि सुरु भईसकेको थियो । जसको फल स्वरुप आज एक कार्यक्रम का बिच नेपाल आइडल बुद्ध लामालाई गाडी प्रदान गरिएको छ ।



