सिरियल `डिङ्नो जिबनको साहारा´ को टिजर रिलिज गरिएको छ । दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण भएको सिरियलको टिजर गत शुक्रवार सार्वजनिक गरिएको हो ।  कलाकार तथा मिडियाकर्मी विष्णु बुढाथोकीको निर्देशनमा निर्माण रहेको `डिङ्नो´ को कथा तथा परिकल्पना कुल बहादुर अधिकारीको रहेको छ । सिरियलमा पटकथा /संवाद पूर्ण बहादुर गन्धर्व, निर्मातामा शैलेश खत्री रहेका छन् भने कार्यकारी निर्माता आनन्द पुन र वसन्त बुढाथोकी हुन् ।  `डिङ्नो´ को  दृश्य कैद अन्कुर  गुरुङले गरेका छन् । डिङ्नोको शीर्ष गीत योगेश काजी शाहको रहेको छ । 

कलाकार जेबी डिसी , कुलदिप अधिकारी, रोस्नी कार्की,पूर्ण बहादुर गन्धर्व, सरिता कठाएत, सन्दीप वस्ति , सागर घिमिरे ,विष्णु बुढाथोकी,सन्तोषी पौडेल,अनिशा न्यौपाने,सुप्रीया अधिकारी,आनन्द पुन,सञ्जय पौडेल, उन्नत जङ्ग उप्रेती, सुजन थापा , आक्रीशा श्रेष्ठको अभिनय सिरियलमा रहेको छ । माघको पहिलो हप्ताबाट युट्युब च्यानल इएच डिजिटलबाट सिरियल प्रशारण हुनुका साथै टेलिभिजनमा पनि आउने छ ।