फिल्म `काँडेतार’को ‘सके जोबन दिम्ला मुया’ गीत सार्वजनिक गरिएको छ । सत्यकला राई र विक्रम राईको युगल स्वर रहेको यो गीतका संगीतकार तथा गीतकार दिपक शर्मा हुन् ।गीतमा अभिनेता गौरव पहारीको साथमा सुरविना कार्की, रेबिका गुरुङ तथा प्रशान्त यादव फिचर भएका छन् ।
नवल खड्काको निर्देशन , कथा र निर्माण रहेको फिल्मले नेपाल भारतको सीमा समस्या उजागर गर्ने कथा उठान गरेको छ । फागुन २५ बाट रिलिज हुने फिल्ममा ‘काँडेतार’मा गौरव, सुरविना, रेबिका, प्रशान्तका अलावा नवल खड्का एवम् मुरलीधरको प्रमूख अभिनय रहेको छ ।