अभिनेता बिराज भट्टका छोराले ठुलो पर्दामा डेब्यु गरेका छ्न् । विराजले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट छोरालाई डेव्यु गराउने पक्का भएको हो। समिर भट्टले मुम्बईमा किशोर-नमितकोबाट अभिनय प्रशिक्षण लिएका छन् । उनले भारतीय फिल्मका लागि प्रयास गरिरहेका छन् र उनले दक्षिण भारतीय फिल्मसंगै बलिउडबाट पनि राम्रो प्रतिक्रिया पाएको बताइन्छ ।उनी बलिउडका धेरै सेलीब्रेटीहरुको बसोबास रहेको मुम्बईस्थित अँन्धेरीमा बस्छन् ।फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ ।