युट्युब ट्रेन्डिङको पहिलो स्थान गायक उर्गेन दोङको `तामाङ दाइ´ ले ओगटेको छ ।  केही दिन अघी मात्र सार्वजनिक गरिएको गीतको कमेन्टमा दर्शकले सकारात्मक प्रतिकृया दिएका छन् । हाल सम्म गीतको भिडियोलाई चार लाख माथि दर्शकले हेरिसकेका छन् । उर्गेनकै आवाज ,शब्द , म्युजिक र एरेन्ज समावेश रहेको गीतमा कलाकारहरुको अभिनयको पनि दर्शकले प्रशम्सा गरेका छन् । गीतको आवाजमा उर्गेनलाई बेनिशाले साथ दिएकी छिन् । बिजय दोङले निर्देशन गरेको भिडियोमा सुन्दर धिताल , बिजय दोङ , शृजना तामाङ र रमेश बस्नेतको अभिनय रहेको छ । जितु तामाङको छाँयाकन , सम्पादन , र भीएफ्क्स भिडियोमा रहेको छ ।