फिल्म ‘खुश्मा’ निर्माणको घोषणा भएको छ । धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिका रहने फिल्मको माघे संक्रान्तिको अवसर पारेर घोषणा गरिएको हो ।अशोक थापा मगरले निर्देशन गर्ने फिल्मलाई एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण गरिन लागिएको हो । फिल्मका निर्माता बेताने, चन्द्र भट्टचन,मोहन राई र सुस्मिता बुढाथोकी हुन् ।प्रेम कथामा आधारित ‘खुस्मा’ मा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ ।