फिल्म  ‘खजुरे ब्रो’बाट निति शाहले ठुलो पर्दामा डेब्यु गर्ने भएकी छिन्। सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्ममा नीतिले अब कलाकार रेयर राईसंग स्क्रीन सेयर गर्ने छिन । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका  कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।इटहरी, धरान र दार्जिलिङमा  छायांकन हुने फिल्ममा नीति र रेयरको अलावा महेश त्रिपाठी, , नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।