एम.टिभी रोडिजको अन्तर्राष्ट्रिय फ्रेन्चाइजस्वरुप नेपालको हिमालयन च्यानलबाट प्रसारण भइरहेको हिमालयन रोडिजले पछिल्लो समय चर्चा पाइरहेको छ । चार महिना अघिदेखि सुरु भएको रियालिटी सो हिमालय रोडिजको ग्राण्ड फिनाले अगामी साता हुनेछ । देशभरबाट अडिसन लिएर १७ जना प्रतिस्प्रर्धी सहभागी भएका उक्त सोमा हाल फिनालेको लागी अनिमेष शाही र समन श्रेष्ठ बाँकी छन् । सोमबार हुने ग्राण्ड फिनालेको लागी अनिमेष र समन विजेताको उपाधि जित्नको लागी एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । विभिन्न साहसिक कार्यहरू गर्नु पर्ने रियालिटी सो हिमालय रोजिड पछिल्लो समय युवाहरू माझ रुचाइएको कार्यक्रम हो ।

को हुन् समन र अनिमेष ?

हिमालय रोडिजका प्रतिस्पर्धी मध्यका समन एक हुन् । काठमाडौँमा जन्मेका समन यहीका रैथाने हुन् । उमेरले २७ वर्ष पुगेका उनी हिमालय रोडिजमा आउनु अघि विभिन्न साहसी खेलहरुमा आबद्ध थिए । हाल आइटि अध्यनरत उनी रक क्लाइबिइङका राष्ट्रिय खेलाडी हुन् । उनले केही राष्ट्रिय खेलहरू समेत खेलेका छन् । उनी रक क्लाइबिइङ कोचको रूपमा पनि परिचित छन् ।

समनसँगै फाइनलमा पुगेका अर्का प्रतिस्प्रर्धी हुन् अनिमेष शाही । पोखरा लम्चौरका २४ वर्षीय अनिमेष हाल बिबिए अध्धयनरत छन् । परिवारसँग पोखरामा बसोबास गर्दै आएका अनिमेष अडिसनबाट नै चर्चामा थिए । उनले पोखराबाट अडिसन दिएका थिए । कम बोल्ने तर साहसी कार्यलाई सजिलै गर्न कारण पनि उनी चर्चित छन् ।