(निफ)को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ ।६० देशका ५०० बढी प्राप्त भएको फिल्म छनौट समितिले ४० देशका ८८ वटा फिल्म छानेको छ । महोत्सव मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी सिनेमाकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराइएको थियो । निफको यो संस्करण पनि अघिल्लो संस्करणझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु फिल्म  र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।सर्ट सिनेमामध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यो वर्षबाट दर्शक रुचिका सिनेमालाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको छ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको भोटका आधारमा चयन गरिने छ। प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो सिनेमा र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी पनि प्रदान गरिनेछ ।