सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘अगस्त्य : च्याप्टर १’ बाट अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गरिएको छ । नाजिरको पाँच फरक लुक्स सार्वजनिक गरिएको हो । फिल्ममा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ ।डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यस् अघी निर्माण टिमले अभिनेता सौगात मल्लको लुक्स पनि सार्वजनिक गरेका थिय । आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सौगात र नाजिरका अलवा मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।