फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ । चन्द्र पन्तको निर्देशन रहेको फिल्मको छायाङ्कन सकिएको जानकारी नायिका निता ढुंगानाले आफ्नो सामजिक सन्जाल मार्फत दिएकी हुन् । फिल्मको छायाङ्कन दुई चरणमा भएको छ । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको थियो । अभिनेत्री निता ढुंगानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।फिल्ममा बिपना थापा, निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।