निर्देशक तथा कलाकार निस्चल बस्नेतले एक्सन फिल्म बनाउने तयारी गरेका छ्न । आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमा स्टाटस लेख्दै अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउन लागेको घोषणा गरेका हुन् । साथै उनी आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ को काममा पनि ब्यस्त रहेका छ्न् । यसमा उनी निर्माता र कलाकारको रुपमा रहनेछन् । फिल्म रिलिज भएपछि मात्र निश्चलले एक्सन फिल्मको छायांकन थाल्नेछन् ।निश्चल ‘लुट’को तेस्रो श्रृंखला बनाउने योजनामा पनि छन् ।