निर्देशक यादव कुमार भट्टराईको फिल्म `झिल्को´ को शुभमुर्हत गरिएको छ  । गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । आगामी माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको फिल्मले वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्ने छ।  निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा फिल्मको पटकथा तथा संवाद लेखेका हुन्।  सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको फिल्ममा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल लगायतको मुख्य भूमिका रहनेछ ।फिल्म ‘भोर’पछि भट्टराईले ६ बर्ष  पछि निर्देशनमा कम्ब्याक गर्न लागेका हुन्  ।