फिल्म `बलिदान´ मा चर्चित गायक सुजन चापागाईं जोडिएका छ्न् । सुजनका अलवा सांगीतिक संस्था आर्टमान्डु टिमका अन्य दुई सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसँग निर्देशक सन्तोष सेनले कागजी सम्झौता गरेका हुन् ।आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्म निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी छन् । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथावस्तुमा फिल्म बन्न लागेको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहेको फिल्मको ‘स्क्रिप्ट डक्टर’ मनोज पण्डित हुन् ।फिल्ममा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् ।दशैंको फूलपातीमा टिजर रिलिज गरिएको थियो ।