एक समय थियो अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको जोडीलाई नरुचाउने कमै भेटिन्थे । यी दुई अभिनित प्राय चलचित्रहरु सफल पनि भएका छन् । सिनेमा क्षेत्रमा चर्चा कमाउने र सुहाउने जोडीमा रेखा र आर्यनको नाम अगाडी छ । तर ८ वर्ष अघि दुवै एकअर्काको अनुहार समेत हेर्ने नसक्ने गरी छुट्एि । सार्वजनिक कार्यक्रममा रेखा र आर्यन भेटिन्दा बोल्न त परको कुरा एकअर्काको अनुसार समेत हेर्न रुचाउदैनन् थिए । तर ओरालो लाग्दै गरेको आफ्नो करियरलाई समाल्न रेखा र आर्यन अनन्त एक भए । केही समय अघि यी दुई मिलेको र एकसाथ चलचित्र खेल्ने खबरले मिडियामा राम्रै स्थान पायो । करिब ८ वर्ष पछि एकसाथ आर्यन र रेखा अभिनित ‘रुद्रप्रिया’ले उधुम मच्चाउने अपेक्षा सबैमा थियो । तर चलचित्र प्रदर्शन भएसँगै कुनै तरङ्ग भने पैदा गर्ने सकेन । न त रेखा र आर्यनको स्टारडमले नै काम गर्‍यो । प्राय रेखा अभिनित चलचित्र मल्टिप्लेक्समा रिलिज हुन मुस्किल हुन्छ । निर्माण पक्ष भने ‘रुद्रप्रिया’ले मल्टिप्लेक्समा कब्जा जमाउनेमा ढुक्क देखिन्थ्ए । भयो उल्टो , मल्टिप्लेक्समा थोरै सो पाएको ‘रुद्रप्रिया’ले पाएको सोमा पनि दर्शक भने पाउन सकेन । सिंगल थिएटरकी रानीको रूपमा परिचित रेखाले सिंगल थिएटरमा पनि अाफ्नाे स्टारडम देखाउन सकिन्नन् । यति बेला लगातार तिन चलचित्र फ्लप दिएकी रेखामा चुनौती थपिएको छ भने सबै भन्दा घाटा आर्यन सिग्देललाई परेको छ । करिब २ वर्ष देखि सिनेमामा खासै नदेखिएका आर्यन पछिल्लाे समय चलचित्र क्षेत्रमा पाइला सुस्त चाल्दै छन् । उनकाे  लागी ‘रुद्रप्रिया’ विशेष थियो । तर चलचित्र नचले पछि उनलाई घाउमा नुन छर्किएको जस्तै भएको छ । कुनै बेला लगातार हिट चलचित्र दिएका यी जोडीको स्टारडम सकिएकै हो त ? पछिल्लो समय सिने बजारमा यस्तै प्रकारका चर्चा सुरु हुन थालेकाे छ ।