गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ।गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङको संगीत निर्माण रहेको छ।
सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।पवन सुस्लिङ राईको छायांकन रहेको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् ।