नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न भएका छ्न् । निर्माण टिमले राजबल्भको पोस्टर सार्वजनिक गदै उनी फिल्म गर्न तयार रहेको बताएका हुन् । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।फिल्ममा सार्थक केसी सह–निर्माताको रुपमा छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्ममा आना शर्मा र प्रदीप मुख्य भुमिकामा छ्न् ।