कलाकार सुनिल थापाले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन् ।कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । थापाले शनिबार 'एड्भेञ्चर ब्रेकफास्ट' सहीतको स्काई क्याफेको मज्जा लिएका हुन् । उनले क्लिफले सञ्चालन गरिरहेको बञ्जी, स्वीङ लगायतको अवलोकन समेत गरेका थिए । अवलोकन पश्चात क्लिफको काम देखेर आफूलाई समेत गर्व लागेको उनले प्रतिक्रिया दिएका थिए ।क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।